नियम २६क
करार गर्नु पर्ने

(१) धितोपत्र व्यवसायीले ग्राहकसंग धितोपत्र विनिमय गर्नु अघि सम्बन्धित धितोपत्र बजारको विनियमावलीमा व्यवस्था भए बमोजिमको ढाँचा र शर्तहरूको अधीनमा रही धितोपत्र व्यवसायीले ग्राहकसंग करार गर्नु पर्नेछ ।
(२) धितोपत्र व्यवसायीले ग्राहकसंग बिक्रीका लागि लिएको धितोपत्रको भर्पाई वा निस्सा ग्राहकलाई दिनु पर्नेछ र तत्सम्बन्धी अभिलेख अद्यावधिक बनाई राख्नु पर्नेछ ।